कोरोना भाइरस : मृत्यु हुनेको संख्या २४ हजार ६५ पुग्यो, कहाँ कतिको मृत्यु (सूचीसहित)

काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ६५ जना पुगेको छ ।

पछिल्लो समय विश्वभर २ हजार ८ सय ६५ जना मृतक थपिएपछि मृत्यु हुनेको संख्या २४ हजार ६५ जना पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ लाख ३१ हजार ६१५ जना संक्रमित भएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमित मध्ये १ लाख २३ हजार ३९१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको हो । अमेरिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भएको छ ।अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार २६८ पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।

कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ त ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/