लकडाउनमा पनि किन उड्यो तारा एअरको विमान लुक्ला ?

काठमाडौं, १३ चैत । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेका छन् ।

ती पर्यटकको उद्दार गर्न यति एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दारको लागि आज जहाज पठाएको छ ।

काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो ।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ ।