विप्लवको पार्टीभित्र बबण्डर, जनपरिषद प्रमुखले मागे न्याय

काठमाडौं, १३ चैत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र बबण्डर मच्चिएको छ । पार्टीभित्र एकले अर्कोलाई पूवाग्रह साँधेर कारबाही गर्न लागिएको भन्दै ललितपुर जनपरिषद प्रमुखले पार्टीभित्र न्यायको माग गरेका छन् ।

पार्टीभित्र न्याय दिने विभागसमेत रहेका ललितपुर जनपरिषद प्रमुख सित्तल शर्मा (धुव्र)ले आफुँमाथि अन्यायपूर्णं हिसाबले कारबाही गरिएको भन्दै न्यायको अपिल गरेका छन् । एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफुँमाथिको कारबाहीबारे छानविन गर्न पार्टी नेतृत्वसामु माग गरेका छन् ।

ललितपुर जनपरिषद प्रमुख रहेका उनिमाथि केहि समय अघि पार्टी हित विपरित काम गरे्को भन्दै कारबाही गरिएको थियो । पार्टी कारबाहीमा परेका उनले आफुँलाई स्पष्टीकरणको मौका पनि नदिई पूर्वाग्रह साँधेर कारबाही गरिएको भन्दै न्यायको माग गरेका छन् ।

हेर्नुहोस् सित्तल शर्मा (धुव्र)ले सार्वजनिक गरेको विज्ञप्ती