स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी, एकै दिन ७३८ को मृत्यु

काठमाडौँ । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा पनि बढी भएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ सय ३४ पुगेको हो । अहिलेसम्म चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ८१ छ भने इटालीमा ६ हजार ८२० पुगेको छ ।

स्पेनमा एकै दिन थप ५ हजार ५५२ जना संक्रमित भएपछि संक्रमितको संख्या ४७ हजार ६१० पुगेको स्पेनका उच्च स्वास्थ्य अधिकारी फेर्नान्डो सिमोनले जानकारी दिएका छन् । उनले स्पेनमा संक्रमण अझै बढ्ने सक्ने चेतावनी समेत दिएका छन् ।

अहिलेसम्म कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १८ हजार ६०३ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ३४ हजार ५९५ पुगेको छ ।

त्यस्तै अहिलेसम्म १ लाख ११ हजार ८५३ जना ठिक भएका छन् ।