म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेको स्मरण गराउँदै सबैलाई घरमै बस्न आव्हान् गरेका छन्। प्रधानम्नत्री ओलीले बुधबार ट्वीट गर्दै सबैलाई घरमै बस्न आग्रह गरेका हुन्।

ओलीद्वारा दिइएको सन्देशमा भनिएको छ, ‘ म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् । ’ कोरोना भाइरसबाट विश्व नै आतंकित भइरहेका बेला प्रधानमन्त्री वलीले नेपाली जनतालाई सचेत गराउँदै यस्तो आह्वान गरेका छन् । नेपालमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै जाने होकि भनेर आम मानिसहरुमा त्रास बढीरहेको छ ।