बेलायतका राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

काठमाडौ । बेलायतका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।

एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्य अवस्था राम्रो भएको उनका प्रवक्ताले बताएका छन्।

७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका कारण कोबाट राजकुमारमा भाइरस सर्‍यो पत्ता लगाउन नसकिएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।