नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो

काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा संक्रमण भेटिएको जानकारी दिएको छ ।

कोरोनाको परीक्षणपछि ती व्यक्तिमा पोजेटिभ नतिजा आएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमित भएकाको संख्या तीन पुगेको छ । जसमध्ये एकजना संक्रमणमुक्त भएका छन् । अर्की एक किशोरी उपचार गराइरहेकी छिन् ।