‘बाजा बजाउँदै’ बले र प्रिज्मा (भिडियोसहित)

काठमाडौं, १२ चैत । नेपाली टेलिसिरियल सक्किगोनीका बले अर्थात सागर लम्साल र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यी जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् ।

लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको ‘बाजा बजाउँदै’ बोलको म्युजिक भिडियोमा सागर र प्रिज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय रहेको छ ।

गायिका सुजाता के.सी. र गायक अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् । भिडियो द डिभाइन म्युजिकको युटुबबाट सार्बजनिक गरिएको हो । गीत र म्युजिक भिडियोलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्नुहोस्ः