रुसमा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । रुसमा बुधबार राती शक्तिशाली भूकम्प गएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार बुधबार राती गएको भूकम्पको मापन ७.५ रेक्टर स्केल रहेको छ ।

जनाइएअनुसार भूकम्पको केन्द्र रुसको कुरिल आइलैण्डबाट २१८ किलोमिटर टाढा दक्षिणपश्चिममा रहेको छ ।

रिपोर्टअनुसार, भूकम्पको झड्का स्थानीय समयअनुसार बुधबार राती ११ बजे महसुस गरिएको थियो । ७.५ रेक्टर स्केलको भूकम्पपश्चात प्रशान्त क्षेत्रमा क्षेत्रमा भीषण सूनामीको चेतावनी दिइएको छ ।

भूकम्पबाट मानवीय क्षति के–कति भएको भन्ने बारे भने विस्तृत विवरण आएको छैन ।

यसअघि २५ अप्रिल २०१५ मा नेपालमा पनि यस्तै शक्तिशाली भूकम्प गएको थियो । जसले निकै ठूलो विनाशको अवस्था निम्त्याएको थियो ।