नेपाल तरुण दलले कोरोना माहामारीबाट सतर्कता अप्नाउन सबैलाई अपिल

काठमाडौं, १० चैत । काँग्रेसको भातृसंगठन नेपाल तरुण दलले कोरोना माहामारीबाट सतर्कता अप्नाउन सबैलाई अपिल गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले कोरोना माहामारीले विश्वव्यपाी रुप लिइसकेको अवस्थामा सबैले सतर्कता अप्नाउनुपर्नेमा जोड दिएको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेको सूचना जारी गरिसकेको भन्दै सो संगठनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफु सजग हुँदै अरुलाई पनि सही सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।