वसन्त चौधरीद्वारा कोरोनाविरूद्ध कोषलाई १ करोड सहयोग दिने घोषणा

काठमाडौं, १० चैत । नेपालका धनाढ्य वसन्त चौधरीले पनि १ करोड बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि रू ५० करोडको कोष घोषणा गरे संगै चौधरीले पनि १ करोड बराबरको सहयोग गर्ने घोषणा गर्नु भएको हो । १ करोड बराबरको सहयोग गर्ने घोषणा रक्षामन्त्री ईश्वर पोखरेलको ट्विटरमा वसन्त चौधरीले कमेन्टमार्फत जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले कोरोनाविरूद्ध लड्न ५० करोडको कोष घोषणा गरेको थियो । कोरोना रोकथाम समन्वय समतिका संयोजक समेत रहनु भएका रक्षामन्त्री पोखरेलले कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान दिने जानकारी दिनुभएको छ ।