कालो अंगुर खानुहोस, अथाह फाइदा लिनुहोस

काठमाडौं, ९ चैत ।  अंगुर एक प्रकारको फल हो । जुन हामि सबैले खाएकै छौ । अंगुर दुइ प्रकारको हुन्छ जुन कालो र हरियो रङको हुन्छ । अंगुर खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्रा हुदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । त्यस्तै गरि आज हामि कालो अंगुरल खादा हुने फाइदाको बारेमा केहि जानकारी दिनेछौ ।

हृदयघात हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्छ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पिडा हराउछ ।

रक्ताल्पता शरीरमा रगतको कमि हुदा कमजोरी महसुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुस् । राम्रो फाइदा हुन्छ ।क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

फोकाफोकी अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ ।रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।(आजको खबर )