सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेप्से घेरे

काठमाडौं, ९ चैत । आइतबार सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जसको कार्यालय घेराउ गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनले सेयर कारोबार खोल्ने/नखोल्ने स्पष्ट निर्देशन नआएको भन्दै सेयर कारोबार खोलिएको नेपाल स्टक एकसचेन्जले जनाएको छ ।

नेप्सेका (प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले सरकारले स्पष्ट घोषणा नगरेसम्म बजार बन्द नगर्ने बताएका छन् ।