चीनका धनाढ्य व्यापारी ज्याक माले नेपाललगायत एशियन मुलुकलाई सहयोग गर्ने

काठमाडौं, ८ चैत । अलिबाबाका मालिक तथा चीनका धनाढ्य व्यापारी ज्याक माले नेपाललाई सहयोग गर्ने भएका छन् ।

नेपाल सहति एशियन देशहरुलाई कोरोनासँग लड्न उनले आवश्यक सहयोग गर्ने घोषणा गरेका हुन् । नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका लगायत देशको नाम नै किटेर एक ट्विट गरेका छन् ।

ज्याकले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका हुन् । शनिबार विहान एक ट्वीट गर्दै ज्याक माले भनेका छन्, यो चाँडै पुर्‍याउन सहज छैन, तर हामी यो सम्पन्न गर्नेछौं ।’

Jack Ma

@JackMa

Go Asia! We will donate emergency supplies (1.8M masks, 210K test kits, 36K protective suits, plus ventilators & thermometers) to Afghanistan, Bangladesh, Cambodia, Laos, Maldives, Mongolia, Myanmar, Nepal, Pakistan & Sri Lanka. Delivering fast is not easy, but we’ll get it done!

16.8K people are talking about this