दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ जना नेपाली नेपाल फर्किए

काठमाडौं, ८ चैत । नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरु २४ घण्टापछि नेपाल फर्किएका छन् । उनीहरू शनिबार बिहान काठमाडौं आइपुगेका हुन् ।

युएईबाट एयर इण्डिया फ्लाइटमार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकेपछि उनीहरु अलपत्र परेका थिए ।