आँचल पछि अब केकीको बिहेको चर्चा

काठमाडौं, ६ चैत । पछिल्लो समय नेपाली चलचित्रको नायीकाहरुमा बिहेको लर्को नै लागेको छ । केहि समय अगाडि मात्रै नायीका ऋचा शर्मा , प्रीयंका कार्की र आँचल शर्माले बिवाह गरेकी छिन् ।

नायीका ऋचाले लबीम मलका जेनेरलम्यानेजर दिपेक्ष बिक्रम रानासंग गत मंसिरमा बिवाह गरेकी हुन भने प्रीयंकाले नायक आयुष्मान देशराज जोशीसंग बिवाह गरेकी थिईन । नायीका आँचल शर्माले पनि डांक्टर उदिप श्रेष्ठसंग बिहे गरेकी हुन्। प्रीयंका र आँचलको भने यहि फागुनमा बिवाह भएको थियो ।

फागुनको अन्त्यमा भएको आँचल शार्माको बिहेको रिसेप्सन पार्टीमा जादा नेपालकी अर्की चर्चीत नायीका केकी अधिकारीलाई भने भारी परेको थियो । किनभने अहिलेसम्म अबिवाहित केकीलाई सो पार्टीमा बिहेको दबाब आएको थियो । पार्टीमा केकीलाई अधिकांश सेलिब्रिटीले बिहेका लागि सुझाव दिएका थिए ।

तपाई अब कुन कलाकारको बिहेमा सहभागी हुन चाहनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा अधिकांशको जवाफ नायिका केकी अधिकारी भन्ने थियो । आगमी बर्षमा केकीको बिहे होला नहोला त्यो हेर्न भने बाँकी नै रहेको छ ।