इब्राहिमोविचद्वारा अक्षय कोषको स्थापना, ९१ हजार पाउण्ड दिने घोषणा

काठमाडौं, ६ चैत । एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले कोरोना भाईरसको महामारीबाट उपचार गराउन अक्षय कोषको स्थापना गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न भन्दै स्विडेनका भेट्रान फरवार्ड इब्राहिमोविचले अनलाइन अक्षय कोषको स्थापना गरेका हुन् ।

अक्षय कोषको स्थापना गर्दै इब्राहिमोविचले ९१ हजार पाउण्ड दिने घोषणा समेत गरेका छन् । उनले अक्षय कोषबाट १ मिलियन डलर बढी रकम उठाउने योजना भएको बताएका छन् ।

कोषमा उठेको रकमबाट इटालीको अस्पताल र मेडिकल स्टाफलाई सहयोग गर्ने उनले बताएका छन् ।