सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस गु्रपबीच सम्झौता

काठमाडौं, ५ चैत । सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धर्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।