महानगरीय प्रहरी वृत्त लैनचौरमा प्रहरी र स्थानीयबीच अन्तरक्रिया कार्यक्रम

काठमाडौं, ५ चैत । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरमा प्रहरी र स्थानीयबीच बुधबार अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा स्थानीयले शान्ति सुरक्षा र प्रहरीको व्यवहारका सम्बन्धमा विभिन्न धारणा राखेका थिए ।

अपराध, लागु औषध दुव्र्यसनलगायतका घटना नियन्त्रणमा प्रहरीले आवश्यक सहयोग नगरेको भन्दै उनीहरुले प्रहरीको व्यवहारमा सुधार हुनु पर्नेमा जोड दिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले शान्ति सुरक्षाका विषयमा उठेका गुनासो सम्बोधन हुने भन्दै अपराध नियन्त्रणमा सर्वसाधरणको सहयोग पनि उत्तिकै आवश्यक रहने बताए ।

कार्यक्रममा सामाजिक सेवाको क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।