आजदेखि राजपा संयोजकमा भण्डारी

काठमाडौं, ५ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा आजदेखि शरद सिंह भण्डारीले सम्हाल्दै छन् । निर्वाचन नहुँदासम्म प्रत्येक दुई दुई महिनामा संयोजक फेरिने प्रावधान अनुसार भण्डारीले आजबाट संयोजक सम्हाल्न लागेका हुन् ।

यसअघि महेन्द्रराय यादवले पार्टीको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

तराई मधेस केन्द्रीत ६ वटा पार्टी तराई मधेस लोकतान्त्रिक, सद्भावना , राष्ट्रिय मधेस समाजवादी, तराई मधेस सद्भावना, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकरण भएपछि बनेको राजपा नेपालमा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् ।