अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावस्यक कामबाहेकका अवस्थामा दूतावासमा नआउन आग्रह

काठमाडौं, ५ चैत । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावस्यक कामबाहेकका अवस्थामा दूतावासमा नआउन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

तिव्र गतिमा कोरोनाभाइरसको संक्रमण फैलिरहेको कारण बिहीबारदेखि लागू हुनेगरी दूतावासले सो अपिल गरेको हो ।

राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालकअनुमतिपत्र लगायत राजदूतावासको नियमित कन्सुलर सेवाहरुका लागि दूतावासको वेबसाइटमा उल्लेखित विवरणअनुसारको कागजात तयार पारी हुलाकमार्फत पठाउन दूतावासले अपिल गरेको छ ।

यस्तै, अधिकृत वारेशनामा, मञ्जुरीनामा लगायत दूतावासमा स्वयं उपस्थित भइ सहीछाप गरिदिनुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र दूतावासमा आउन पनि अपिल गरिएको छ ।