यस्ता छन् कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका १६ बुँदे निर्णय (निर्णयसहित)

काठमाडौं, ४ चैत्र । कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने भएको छ । सोमबार बसेको नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो । त्यस्तै अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने संचयकोषका संचयकर्ता बाहेकका स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई १० लाख रुपैयाँको बिमा सुविधा उपलब्ध गराइने निर्ण गरेको छ ।

बैठकले टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिने निर्णय गरेको छ ।

त्यसैगरि काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित ७ स्थानमा एक हजार संख्यासम्मको बेड हुनेगरी आइसोलेटेड वार्डको व्यवस्था गर्ने बताइएको छ ।

आयुर्वेद अस्पताल कीर्तिपुर २ सय, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र २ सय २०, तेलकोटस्थित खानेपानीको तालिम केन्द्र ६०, टेकु अस्पताल १ सय, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरुमा १ सय र इचंगुनारायणस्थित शैक्षिक ब्यारेकमा २५० बेडको व्यवस्थापनसहितको आइसोलोटेड वार्ड स्थापना गरिने र विभिन्न प्रदेशहरुमा आवश्यकता हेरी १ सय वटा आइसीयु कक्षको तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै कोरोना भाइरस परीक्षणका लागि पीपीई सेट २० हजार थान, डाइगोनोस्टिक किट १० हजार थान र थर्मल गन १ हजार थान किन्ने गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय समितिले गरेको १६ बुंदे निर्णय :