डिशहोमले शुरु गर्यो सुनौलो तारा कार्यक्रम

काठमाडौं,३ चैत । डिशहोमले सुनौलो तारा कार्यक्रम शुरु गरेको छ । नेपालमानै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उर्जागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम शुरु गरेको हो । डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखि प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० बजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः ५ लाख, ३ लाख र १ लाख रुपैयाँ प्रदान गर्ने डिशहोमले जनाएको छ । साथै, विजेताले अन्य आकर्षक पुरस्कारहरु पनि पाउने छन् ।