स्पेनका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस

काठमाडौं, २ चैत । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ । श्रीमती गोमेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि स्पेनी प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको हो ।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ ।