२५ लाख बराबरका अवैध खसी बरामद

रुपन्देही, २ चैत । लुम्बिनीको मोगलहाबाट अवैध रुपमा ल्याइएका खसीसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीले अवैध रुपमा ल्याइएका खसीसहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले लुम्बिनीको मोगलहाबाट ट्रक सहित करिब २५ लाख बराबरको अवैध खसी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका खसीसहितको ट्रकलाई थप कार्वाहीको लागि भैरहवा भन्सार कार्यालय पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।