सबै विदेशीका लागि अनअराइभल भिसा स्थगित, स्वास्थ्य प्रमाणपत्र बिना नेपाल आउन नपाइने (सूचनासहित)

काठमाडौं, १ चैत्र । अध्यागमन विभागले कोरोनाको संक्रमणको रोकथामका लागि सुचना जारी गर्दै सबै विदेशीका लागि अन अराइभल भिसा मार्च १४ देखि अप्रिल ३० सम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।

विभागले गैरआवासीय नेपालीसहित नेपाल भ्रमणमा आउने सबै विदेशीहरुले यस अघि नै भिसा लिएको र नेपाल आउनु परेमा स्वास्थ्य जांचको प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ ।

विभागले गैर आवासीय नेपालीलाई जारी गरेको अन अराइभल भिसा सुबिधा समेत हाललाई स्थगित गरेको जनाएको छ ।

साथै मार्च १४ देखि नेपाल प्रवेश गर्ने सबै विदेशी तथा गैर आवासीय नेपालीहरु अनिवार्य रुपमा १४ दिनको लागि सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने विभागले उल्लेख गरेको छ ।

त्यस्तै कुटनीतिक क्षेत्रमा कार्यरत कुटनीतिज्ञहरु पहिलो पटक नेपाल आउनुपरेमा वा नेपाल फर्किनुपर्ने भएमा पनि अनिवार्यरुपमा सेल्फ क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने जनाएको छ ।

साथै सरकारले सडकमार्गबाट नेपाल आउने तेस्रो मुलुकका सबै नागरिकका लागि प्रवेश निषेध गरेको छ भने उनीहरुलाई आवश्यकताको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्न अनुरोध गरेको छ ।

सरकारले २०२० का लागि हिमाल आरोहणको अनुमति समेत स्थगित गरेको छ ।

अध्यागमन विभागको सूचना :