दुलाल नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पदमा नियुक्त

काठमाडौं, ३० फागुन ।कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पदमा नियुक्त गरिएको छ ।

विजयकुमार गच्छदार अध्यक्ष रहेका तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना र केन्द्रीय कार्यालय समेतको समायोजनका लागि भएको सहमति अनुसार कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पदमा समायोजन गरिएको हो । दुलाल पार्टि भित्र कुशल समन्वकर्ताको छवि बनाएका व्यक्ति हुन् ।

नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्य बनाएको थिए। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर सभापति शेरबहादुर देउवाले फाल्गुण २३मा केन्द्रीय सदस्य मनोनित गरेका थिए।