समलिंगी बनिन् हट स्मृति पोखरेल हेर्नुस भिडियोमा

काठमाडौं,२९ फागुन । नेपाली समाज पनि धेरै परिवर्तन हुँदै गएको छ, नेपाली चलचित्रसँगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाइ समेटेर मेकिङ्ग गर्न थालिएको छ । समाजले समलिंगी प्रेमलाई सहज रुपमा लिन थालेको पनि धेरै भयो ।

दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ ।

लामो समयदेखि अस्ट्रेलिया बस्दै विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग लिइसकेकी गायिका एवम् हट नायिका स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाई फिचर्ड गरिएको भिडियोमा महिला महिला बीचको शारीरिक मोहलाई देखाइएको छ ।

गोविन्द प्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर, अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’मा कुमार गुरुङको संगीत संयोजन रहेको छ । ललित थापाको निर्देशनमा बनेको भिडियोमा राम सिंह भट्टले छायांकन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः