कर्णबहादुरको उपचारका लागि एक लाख २६ हजार आर्थिक सहयोग

काठमाडौं, २८ फागुन । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती आर्थिक सहयोग गरेका छन् । धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले अमेरिकाको टेक्सासमा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा शंंकलन गरिएको रु.१ लाख २६ हजार ९ सय ८५ आज बुधबार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
माडी गाउँपालिका–६, रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् ।
पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकामा बस्दै आएका विभिन्न नेपाली व्यक्तिहरु मार्फत जम्मा ४१ हजार ११० अमेरिकी डलर सहयोग प्रदान गरिएको हो । उक्त शंकलित रकम पत्रकार देविका घर्तीमगरले बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरेकी हुन् ।