कांग्रेस पार्टी छोडेका ज्योतिरादित्य सिन्धिया भाजपा प्रवेश

काठमाडौं, २८ फागुन । कांग्रेस पार्टी छोडेका ज्योतिरादित्य सिन्धिया भाजपा प्रवेश गरेका छन् । भाजपा मुख्यालमा पार्टी अध्यक्ष जेपी नड्डाबाट उनले पार्टी सदस्यता लिए । सिन्धियाले मंगलबार दिउसो पार्टी छोडेको घोषणा गरेका थिए ।

पार्टी प्रवेशसँगै उनलाई भाजपाले राज्यसभाको टिकट पनि दिएको छ । शुक्रबार राज्यसभाको नामांकन दर्ताको समय छ । मध्यप्रदेशको ३ राज्यसभा सदस्यको लागि चुनाव केहि दिनमै चुनाव हुँदैछ ।

भारतीय मिडियाले जनाएअनुसार भाजपा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियालाई राष्ट्रिय सभाको टिकट दिएसँगै मुख्यमन्त्रीको पद पनि दिलाईने छ ।