प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे झुठ प्रचार गरियाे : प्रेस सल्लाहाकार सूर्य थापा

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे झुठ प्रचार गरिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले आक्रोश पोखेका छन् ।

उनले सञ्चारमाध्यममा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे बिग्रिएको भन्ने बारे समाचार आएको प्रति आक्रोश पोखेका हुन् । केहि सञ्चार माध्यममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर चर्चा गरिएको थियो ।

Surya Thapa@ThapajiSurya

स्राेतकाे हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमकाे खेती नगर्न सबैमा अनुराेध गर्दछु । प्रधानमन्त्रीज्यूकाे स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारकाे क्रममा रहेकाे छ ।

See Surya Thapa’s other Tweets

उनले ति समाचारहरु १०१ प्रतिशत झुठ रहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्, ‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ ।’

थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आएको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले हिँडडुल गर्न थालेको र नियमित व्यायाम गरिरहेको बताएका छन् । साथै प्रधानमन्त्री स्वंयले नै दाह्री काटेको पनि चर्चा गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दा(ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’