संकटमा मध्यप्रदेश सरकार : सिन्धियाद्वारा राजिनामा दिएसँगै सरकार परिवर्तनकाे तयारी

एजेन्सी , २७ फागुन । मध्य प्रदेशमा जारी राजनीतिक संकटका बीच कांग्रेसका महासचिव ज्योतिरादित्य सिन्धियाले पार्टी परित्याग गरेका छन् । उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई राजीनामा पत्र बुझाउँदै पार्टी परित्याग गरेका हुन् ।

आफ्नो राजीनामा पत्रमा उनले कांग्रेसको साधारण सदस्यसमेत नरहने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो राजीनामा बारे जानकारी गराएका हुन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘मेरो जीवनको उद्देश्य शुरुदेखि नै राज्य र देशका जनताको सेवा गर्ने थियो । मलाई लागिरहेको छ कि अब यस पार्टी (कांग्रेस)मा रहेर म यो काम गर्न सक्दिन । आफ्ना नागरिक र कार्यकर्ताहरुको आंकाक्षालाई सम्बोधन गर्न अब नयाँ बाटो लिनुपर्ने छ ।’

Jyotiraditya M. Scindia

@JM_Scindia

View image on Twitter
43.5K people are talking about this

सिन्धिया समर्थक १९ विधायकले बुझाए राजीनामा

सिन्धियाको राजीनामासँगै मध्य प्रदेशमा उनि समर्थक १९ विधायकले पनि राज्यका राज्यपालमार्फत आफ्नो राजीनामा पठाएका छन् । कांग्रेसले पनि सिन्धियाको पार्टी विरोधी गतिविधिलाई मध्यनजर गर्दै पार्टीबाट निष्कासन गरेको घोषणा गरेको छ ।

विधायकको राजीनामासँगै कांग्रेसले गुमायो बहुमत

मध्य प्रदेशमा कांग्रेसका ११४ विधायक छन् । जसमध्ये ३० प्रतिशत सिन्धिया खेमाका रहेको बताइन्छ । जसको संख्या ३० देखि ४० रहेको छ । सिन्धियाको राजीनामासँगै मध्यप्रदेशबाट कांग्रेस सरकारले बहुमत गुमाउने आंकलन गरिएको छ ।

मध्यप्रदेशमा कांग्रेस नेता कमलनाथको नेतृत्वमा गठबन्धनको सरकार छ । २३० सिटको विधानसभामा बहुमत जुटाउन ११५ सिट ल्याउनुपर्ने हुन्छ । अहिले कांग्रेससँग गठबन्धनसहित १२१ सिट छ । भने विपक्षी भाजपासँग १०७ सिट छ । पार्टीका १९ विधानसभा सदस्यले राजीनामा दिएसँगै कांग्रेस सरकारले बहुमत गुमाईसकेको छ ।