कोरोना भाइरसले आक्रान्त बुहानकाे स्थलगत निरिक्षणमा पुगे राष्ट्रपति शी चिनफिंग

काठमाडौं, २७ फागुन । चिनियाँ राष्ट्रपति शी चिनफिंग कोरोना भाइरसले आक्रान्त बुहानको स्थलगत निरिक्षणमा पुगेका छन् । चिनियाँ समाचार संस्थाले जनाएअनुसार भाइरस फैलिएपछि राष्ट्रपति शी पहिलो पटक बुहान पुगेका हुन् ।

डिसेम्बर अन्तिम साता बुहानमा देखिएको कोरोना भाइरसले अहिलेसम्म १०० भन्दा बढि देश प्रभावित भएका छन् । कोरोनाकै कारण ४ हजारभन्दा बढि मानिसले ज्यान गुमाएका छन् ।

कोरोनाको सुरुवात मानिएको बुहानमा पनि ३ हजारभन्दा बढिको मृत्यु भएको छ । जहाँ ६० हजारभन्दा बढि मानिस संक्रमित छन् ।

यसअघि प्रधानमन्त्री ली केकियांग २६ जनवरीमा बुहान पुगेका थिए । समाचार एजेन्सी शिन्हुवाका अनुसार यस यात्राका दौरान राष्ट्रपति शीले चिकित्सक, शैन्य अधिकारी, सामुदायिक कार्यकर्ता र प्रहरी अधिकारीलाई प्रत्यक्ष भेटेर आभा व्यक्त गर्ने कार्यक्रम छ ।