प्रधानमन्त्री तीन दिनमा घर फर्किने

काठमाडौं, २७ फागुन । गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली आगामी तीन दिनभित्र डिस्चार्ज हुने बताइएको छ ।

मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीलाई भने आज मंगलबार डिस्चार्ज गरिँदै छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार डिस्चार्जका लागि प्रत्यारोपण टोलीले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गरी निर्णय लिने प्रक्रिया छ । हालसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सोचेअनुरुप नै सुधार भएको पनि उनले बताएका छन् ।

‘यतिबेला प्रधानमन्त्री र समीक्षा दुबै मृगौलाका बिरामी हुनुहुन्छ, उहाँहरु चिकित्सकको सल्लाहअनुसार खाना खाने र आवश्यकताअनुसार उपचार कक्ष वरिपरि हिँडडुल गर्दैहुनुहुन्छ’ प्रा.डा. खड्काले भने, ‘तर बाहिरको संक्रमण नफैलियोस् भनेर आवश्यकताअनुसार चिकित्सक र नर्सबाहेकका व्यक्तिलाई भेटघाटमा रोक लगाइएको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।