कोराना त्रास : सलमान खानले रोके आफ्नो फिल्मको सुटिङ्ग

काठमाडौं, २६ फागुन । कोरोना भाइरसको त्रास विश्वभर नै छ । जसको पछिल्लो उदाहरण बलिउड स्टार सलमान खानले आफ्नो फिल्मको सुटिङ्ग नै रोकेका छन् । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै खानले आफ्नो फिल्म ‘राधे’ योर मोस्ट वान्टेड भाई’को सुटिङ्ग रोक्ने निर्णय गरेका हुन् ।

खानले अजरबैजानको राजधानी बाकूमा तय गरिएको सुटिङ्गको कार्यक्रम रोकेका हुन् । जनाइएअनुसार अजरबैजानको बाकुमा फिल्मको गितको सुटिङ्ग हुने तयारी थियो ।

बाकु पगिसकेका थिए क्रु टिम

जनाइएअनुसार गीतको सुटिङ्गको लागि क्रु टोली यसअघि नै अजबैजान पुगिसकेको थियो । क्रु टिमले सुटिङ्गको लागि अन्तिम तयारीसमेत गरेको थियो । तर सलमानले अन्तिम समय क्रु टिमलाई फिर्ता बोलाएका हुन् ।

ईदमा रिलीज गर्ने तालिका फेरिन सक्ने

कोरोनाको बढ्दो त्राससँगै सुटिङ्गका काममा अवरोध हुँदा आगामी ईदमा रिलिज गर्ने तयारी गरिएको फिल्म सर्न सक्ने सम्भावना भारतीय सञ्चारमाध्यमले दर्शाएका छन् । जनाइएअनुसार यसअघि पनि कोरोनाकै कारण फिल्मका कतिपय सुटिङ्ग कार्यक्रम रद्द भएका थिए ।

कोरोनाको कारण फिल्म हलमा दर्शकहरुको उपस्थिति घट्दै जाँदा फिल्म प्रदर्शन मिति सर्ने आंकलन गरिएको हो ।