कोरोना महामारी : चीनपछि चरम संकटतिर इटली, एकै दिन २३३ को मृत्यु

काठमाडौं, २६ फागुन । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस सोमबारसम्म विश्वका १०१ देशमा फैलिएको छ । कोरोनाको कारण इटली चीनपछि सबैभन्दा बढि संकटमा पुगेको छ । आइतबार मात्रै कोरोना भाइरसको कारण इटलीमा २३३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना संक्रमणको कारण इटलीमा अहिलेसम्म ३६६ जनाको ज्यान गएको छ । इटलीमा गएको २४ घण्टामा १२ सय नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ ।

इटली सरकारले देशलाईं पूर्णं रुपमा ‘लकडाउन’ गरेको छ । इटली सरकारले अर्को सूचना जारी नभएसम्मको लागि घरबाट निस्कन प्रतिबन्ध लगाएको छ। जहाँ डेढ करोडको आवाधि छ ।

इटली के वेनिस शहर की सबसे बड़ी नहर पर सन्नाटा पसरा।
इटलीकाे वेनिस शहरकाे सबैभन्दा ठुलाे सामुन्द्रिक नहरमा देखिएकाे सन्नाटा । तस्बिर : एजेन्सी

यता चीनमा भने विस्तारै कोरोना भाइरसको असर कम देखिँदै गएको छ । चीनमा कोरोनाभाइरसबाट पीडित १०० वर्षीया बृद्ध पूर्णं स्वस्थ्य भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ ।

आइतबारसम्म विश्वभर कोरोनाको कारण ३६६१ जनाको मृत्यु भईसकेको पुष्टि भएको छ । चीनमा मात्रै अहिलेसम्म ३ हजारबढिको मृत्यु भईसकेको छ । विश्वभर १ लाख ७ हजारभन्दा बढि मानिस संक्रमित भएको जनाइएको छ ।

अमेरिकामा ५०० भन्दा बढि संक्रमित, २१ को मृत्यु

कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । सोमबारसम्म संक्रमितको संख्या ५०० भन्दा बढि पुगेको जनाइएको छ ।

ट्रम्प सरकारले कोरोनाको आक्रामक फैलावटलाई रोक्न सेना परिचालनको योजना बनाइरहेको जनाइएको छ । अमेरिकामा कोरोनाबाट मर्ने अधिकांश जापानको डाण्यमण्ड प्रिन्सेज शिपबाट फर्किएका थिए । अमेरिकामा आएका अधिकांश विदेशलीलाई हाल अलग–अलग क्वारेन्टाइन स्थलमा राखिएको छ ।