कोरोना भाइरसको संत्रासकोबीच मनाउँदै फागु पर्व बिगत जस्तो छैन रौनक

काठमाडौं, २६ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइने फागु अर्थात् होली पर्व आज एकआपसमा रङ खेली मनाइदै छन् ।

यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित भएर रङ्गीचङ्गी वातावरणमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउँछन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व पछिल्लोसमय विक्रिति फैलिदै गएपछि गृहप्रशासनले कडा निगरानी गर्न थालेको छ ।

यद्यपी, यस वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरका कारण होली नखेन्न र आवस्यक सर्तकता अपनाउन सरकारले सचेत गराएको छ । यस पटकको मौशम अनपेक्षित चिसो रहेको भन्दै होली खेल्दा भिजिएको कपडा र रङ खेलिसकेपछि आवस्यक सरसफाई नहुँदा कोरोनाको संक्रमण हुन सक्ने भन्दै गृहप्रशासनले होली खेल्न रोक लगाएको हो ।

नेपालमा अहिलेसम्म कोरोनाबाट कोही संक्रमित नभएपनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेको छ । कोरोना संक्रमणको डरका कारण यस पटक सडकमा मानिसहरुको उपस्थिति, उत्साह र उमङगमा कमी आएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा शुरु भएको किम्वदन्ती रहेको छ ।