गायिका मेलिना राइको ‘पुर्व देखि पश्चिम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २५ फागुन । ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको ‘पुर्व देखि पश्चिम’ बोलको गीत सार्वजनिक भएको छ ।

हिराकाजी थापाको शब्द र रोशन गुरुङको संगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बराल लगायतको अभिनय रहेको छ ।

कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ ।

भिडियो हेर्नुहोस्ः