कोरोनाको जोखिम भएकाले विगतमा जसरी होली नखेलौं : गृह मन्त्रालय (विज्ञप्तिसहित)

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै होली मनाउन अनुरोध गरेको छ ।

गृहले शनिबार एक विज्ञप्ती जारी गर्दै होलीमा विगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु अनुरोध गरेको हो ।

साथै मन्त्रालयले कोरोनाका सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनैपनि प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर समेत गरिदिन अनुरोध गरेको छ ।

गृह मन्त्रालयको विज्ञप्ति :