बागी-३ ले पहिलो दिन १७ करोड ५० लाख कमाई

काठमाडौं, २४ फागुन । बलिवुडमा शुक्रबार रिलिज भएको टाइगर सराफको फिल्म बागी-३ ले पहिलो दिन शानदार कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार बागी-३ ले पहिलो दिन १७ करोड ५० लाख कमाई गरेको छ ।

बागी-३ २०२० को पहिलो दिन अहिलेसम्मको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।

फिल्मलाई रिलिजको पहिलो दिन कोरोनाको त्रासले असर गरेको देखिएको छ । यस अघिका बागी-२ ले रिलिजको पहिलो दिन २५ करोड १० लाख (२०१८) र बागीले ११ करोड ९४ लाख (२०१६) कमाई गरेका थिए । साथै बागी-३ यस बर्षको पहिलो दिन धेरै कमाई गर्ने फिल्म बनेको छ ।