भारतको राजधानी दिल्लीमा भेटियो कोरोना भाइरस संक्रमित

एजेन्सी, १९ फागुन । विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो । नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस हो।

स्वास्थ्य मन्त्रालयको अनुसार यस अघि तिलङगना राज्यमा एक जना संक्रमित भेटिएको थियो । यो समेत गर्दा भारतमा हालसम्म पाँजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि केरलाका तीनजनामा संक्रमण देखिएको थियो। र, क्वारान्टाइनमा राखिएको उनीहरु उपचारपछि संक्रमणबाट मुक्त भइसकेका छन्।