मिरा पिक हिमालको चुचुरोमा तीन पुस्तक विमोचन

काठमाडौँ, १४ माघ । ६४७६ मिटर अग्लो मिरा पिक हिमालको चुचुरोमा तीन साहित्यिक कृति विमोचन गरिएको छ । गोम्बाछिरी शेर्पाले यी तीन पुस्तक हिमालको चुचुरोमा विमोचन गरेका हुन् ।

पुस्तकहरुमा राजेन्द्रप्रसाद अर्यालको नियात्रा कृति ‘माल्भा’ , सीता अर्यालको कथा संग्रह ‘उपहार आँसुको’ र दण्डपाणि अज्र्यालको स्मृति केन्द्रको बार्षिक प्रकाशन ‘ज्ञानबिन्दु’ रहेका छन् ।

सर्जकहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्य राखेर तीन पुस्तक आफुले हिमालको चुचुरोमा विमोचन गरेको गोम्बाछिरी शेर्पाले बताए ।