गुडविभ नेपालको अध्यक्षमा शाह

बालबालिकाको क्षेत्रमा कार्यरत गैह्र सरकारी संस्था गुडविभ नेपालको अध्यक्षमा समिक विक्रम शाह चयन भएका छन् । शुक्रवार सम्पन्न संस्थाको साधरण सभाले दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा युवराज विद्रोही, महासचिवमा किरण थापा, कोषाध्यक्षमा दावा शेर्पा, सदस्यमा लिलाधर भण्डारी, कृष्णेश्वरी हाडा, बलराम गुरुङ, र धनबहादुर तामाङ चयन भएका छन् ।