अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा

काठमाडौँ,२२ मंसिर । ‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’ को भोटिङमा दोश्रो स्थानमा छिन् । यो समाचार तयार पार्दासम्म अनुष्काले १२ % प्रतिशत भोट पाएकी छिन् ।

पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.९९ % प्रतिशत भोट पाएकी छिन् । नेपाली सुन्दरीको भोटमा युक्रेनी सुन्दरीले पछ्याएकी छिन् । युक्रेनी सुन्दरी मारहरिता पाशाको भोट प्रतिशत ११.१९ % छ । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् ।

भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन् । जसले उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।

अनुष्कालाई भोट गर्नको लागि विभिन्न माध्यम रहेका छन् :

१. “मिस वल्र्ड” को आधिकारिक वेबसाइट www.missworld.com मा गएर नेपाल को प्रोफाईलमा भोट गर्न सकिनेछ ।

२. “मिस वल्र्ड नेपाल” को आधिकारिक पेजमा गएर त्यहाँ राखिएका पोस्टहरुमा लाईक ,कमेण्ट र सेयर पनि गर्न सकिनेछ ।

३.अनुष्काको आधिकारिक ईन्स्टाग्राम र मोबस्टार एपमा राखिएका पोस्टहरुमा लाईक ,कमेण्ट गर्न सकिनेछ।

‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९’ का लागि यतिबेला बेलायतको लण्डनमा छिन् । नेपालको प्रतिनिधित्व गर्दै लण्डनमा रहेकी अनुष्काले १ सय २४ देशका सुन्दरीहरु संग प्रतिस्पर्धा गर्दै्छिन्। ‘मिस वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा लन्डन एक्सेलमा हुदैँछ।