अहिलेसम्म २३ स्वर्ण जित्दै नेपाल पहिलो स्थानमा, कुन विधाका कति स्वर्ण ?

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म २३ स्वर्ण जितेर पहिलो स्थान कब्जा गर्न सफल भएको छ । यो सफलतालाई जारी राख्दै पहिलो नै हुने चुनौति भने उत्तिकै देखिएको छ ।

तेस्रो दिनको खेल सकिद कुल २३ स्वर्ण पदक जितेको छ । सोमाबार १५ र मंगलबार ८ वटा स्वर्ण जितेको नेपालले अगामी दिनमा थप उचाई लिदै चुनौतिको सामना गर्दै जानुपर्ने देखिएको छ ।

अहिलेसम्म नेपाली खेलाडी को-कसले जिते स्वर्ण पदक :

कराँतेतर्फ :

१.    कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.    कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.    कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.    कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५.    कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६.    कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७.    कराँते (५० केजी मूनि) अनु अधिकारी
८.    कराँते (६७ केजी ) नविन रसाइली
९.    कराँते (६८ केजी) सुनिता महर्जन

तेक्वान्दोतर्फ : 

१.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
२.    तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३.    तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६.    पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७.    पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
८.    तेक्वान्दो – काजल श्रेष्ठ
९.    तेक्वान्दो – वीर बहादुर महरा

ट्रायथलनतर्फ 

१.    सोनी गुरुङ
२.    हिमाल टमाटा

उसुतर्फ :

१.    विजय सिंजाली (थाउलो)
२.    सुस्मिता तामाङ (थाउलो थानछ्वान)

एथलेटिक्स

१.    सन्तोषी श्रेष्ठ – एथलेटिक्स (१० हजार मिटर)

रजत पदक विजेता :

१.    चन्चला दनुवार- कराते (एकल काता)
२.    दिवस श्रेष्ठ – कराते (८४ केजी मूनि)
३.    अनु गुरुङ –  कराते (६१ केजी )
४.    कृष्णबहादुर तामाङ – तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
५.    लक्ष्मण मल्ल- (ट्रायथलन)
६.    भलिबल (महिला)
७.    हुमी बुढा मगर – (ट्रायथलन)

कास्य पदक विजेता :

१.    रेजिन रिमाल – तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
२.    अस्मिन राउत र सिना मादेन लिम्बु – तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
३.    जितबहादुर बोट र पार्वती गुरुङ – तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
४.    शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ – पुरुष टिम पुम्से (१७ –२३ वर्ष)
५.    कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु – पुरुष टिम पुम्से (२३ वर्षमाथि)
६.    बसन्त थारु – ट्रायथलन
७.    राजीव पुडासैनी – कराँते- टंक कार्की- एथलेटिक्स (१५०० मिटर)
८.    टाँक कार्की – एथ्लेटिक्स (पुरुष १५ सय मिटर)