विवाह पन्चमीको रौनक जनकपुरमा ३५ जोडीले गरे एउटै जग्गेमा सामुहिक विहे

जनकपुर । विवाहपञ्चमी महोत्सवलाई लक्षित गर्दै जनकपुरमा पहिलो पटक सामूहिक विवाह भइरहेको छ । विश्व हिन्दु परिषद नेपालले प्राचीनकालमा सितारामको विवाह भएको स्थल जनकपुरधामस्थित रानी बजारमा रहेको मणिमण्डपमा १ सय ८ सामुहिक विवाहको लक्ष्य राख्दै सामुहिक विवाह कार्यक्रम सुरु गरेको हो ।

दाइजो प्रथा निर्मुल पार्ने उद्देश्य लिई विश्व हिन्दु परिषद नेपाल पहिलो पल्ट ऐतिहासिक कार्यको आरम्भ गरेको प्रदेश नम्बर २ का प्रवक्ता मिथुन साहले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मणिमपण्डपमा सोमबार देखि ३५ जोडीको सामूहिक विवाह भइरहेको छ। विवाहमा बेहुली र बेहुला पक्षका आफन्तजन तथा पण्डितहरु समेतको उल्लेख्य सहभागितामा सामुहिक विवाह कार्यक्रम भएकोमा श्री सिताराम विवाह मणिमण्डप विकास समितिले जनाएको छ ।