सागमा नेपाल अघिअघि भारत पछिपछि, नेपालले १५ स्वर्णसहित २४ पदक जित्दा भारतको कति ?

काठमाडौं । काठमाडौंमा दुई दिनदेखि जारी दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक प्राप्त गरेको छ ।

यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ । यस्तै श्रीलंकाले ३ स्वर्ण, ३ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक प्राप्त गरेको छ ।

यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ ।

यसैबीच माल्दिभ्सले भने अहिलेसम्म खाता खोल्न सकेको छैन ।