मनीषा कोईरालाले शेयर गरिन क्यान्सर रिकवरीका तस्विर, दोस्रो जन्मको लागी भनीन् धन्यवाद

काठमाडौँ,१६ मंसिर । लामो समय सम्मको क्यान्सर संग संघर्ष गरेर जितेकी नेपालकी चेली बलिउडकी चर्चित नायीका मनीषा कोईराला साधरण जीवनमा फर्किएकी छीन् । पछिल्लो समय मनीषा आफ्नो क्यान्सर संगको संघर्षको काहानी बाट अन्य ब्यक्तिहरुलाई प्रेरित गर्छिन् ।

त्यस पछि उनि सामाजिक सञ्जालमा निकै एक्टिभ छीन् । सामाजिक सञ्जाल मार्फत नै उनले आफ्नो कहानी सेयर गर्छीन् । यस्तैमा उनले भर्खरै १ डिसेम्बरमा आफ्नो एक फोटो सेयर गरेकी छिन् । उनले सोशल मिडीयामा २ तस्विर सेयर गरेकी छीन् । पहिलोमा तस्विरमा हस्पिटलको बडमा छिन् त दोस्रो बादलले ढाकेको पहाडमा छन् ।

मनीषाले आफ्नो अफिशियल इंस्टाग्राम एकाउण्टमा ति तस्विरहरु सेयर गर्दे लेखेकी छिन् । “यस दोस्रो अवसरको आगी म सधै आभारी हुने छु । गुड मर्नीङ साथीहरु यो शानदार जिवन हो र समय हो मस्ती र स्वास्थ्य जिउने”। मनिषाको सामाजीक सञ्जालहरुमा केहि यस्ता तस्विरहरुले भरिएको छ । जस्ले अन्य मानिसहरुलाई प्रेरित मिल्छ । क्यान्सर पछि मनीषा नेपालको सगरमाथा लगाएत धुम्न आएकी थिईन् ।