ट्रम्पले हलिउड स्टारको तस्बिरलाई आफ्नो बनाएर पोष्ट गरेपछि…

एजेन्सी ,१६ मंसिर ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक अनौठो फोटो सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् । उनले हलिउड अभिनेता सिल्वेस्टर स्टेलोनको फोटोमा आफ्नो अनुहार मिलाएर शेयर गरेका हुन् । ट्रम्पले शेयर गरेको फोटो सन् १९८२ मा सार्वजनिक भएको फिल्म रोकी–३ को पोस्टर फोटो हो ।

ट्रम्पले शेयर फोटोमा कुनै क्याप्सन लेखेका छैनन् । ह्वाइट हाउसले पनि उनको फोटोप्रति कुनै प्रतिक्रिया जनाएको छन् । हलिउड अभिनेता सिल्वेस्टरले सन् २०१६ को चुनावी अभियानका बेला आफुँले ट्रम्पलाई चाहने प्रतिक्रिया दिएका थिए ।

ट्रम्पले ट्विटर एकाउन्टमार्फत शेयर गरेको तस्बीर अहिले निकै भाईरल पनि बनेको छ । उनको तस्बिरलाई निकै सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गर्दै व्यंग पनि गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रम्प विभिन्न फोटोसँग तुलना गर्दै मजाक उडाएका छन् । कतिपयले ट्रम्प लड्नको लागि तयार भएको प्रतिक्रिया दिएका छन् ।

Donald J. Trump

@realDonaldTrump

View image on Twitter
349K people are talking about this

केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रम्पको तस्बीरलाई कार्टून फिल्म ‘द सिप्पसन्स’सँग तुलना पनि गरेका छन् । कार्टूनमा कैरेक्टरले ऐना अगाडि आफ्नो बडी हेर्दै दंग परेका थिए ।

डाक्टरले शर्ट उतारेर छाति देखाउन भनेका थिए : ट्रम्प

हालै मिडिया रिपोर्टमा आएअनुसार ट्रम्पलाई अविश्वसनीय हृदयघात भएको र त्यसको उपचार भईरहेको जनाइएको छ । तथापि ट्रम्पले मंगलबार त्यो रिपोर्ट गलत भएको भन्दै बताएका थिए ।

उनले आफ्नाे स्वास्थ्य जाँच हालै मैरीलैण्ड वोल्टर रीड मेडिकल सेन्टरमा भएको तर शर्ट निकालेर नांगै चाहिँ नभएको प्रतिक्रिया दिएका थिए । उनले डाक्टर आफ्नो छाती मजाकमा हेर्न भने खोजेको प्रतिक्रिया दिएका थिए ।