सागः नेपालको स्वर्ण संख्या ४ पुग्यो

काठमाडौँ,१६ मंसिर । नेपालले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितेको छ । नेपालले करातेमा २ स्वर्ण, तेक्वान्दोमा १ र ट्राइयाथलनमा १ स्वर्ण पदक जितेको हो ।

पोखरामा भएको ट्रायाथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण दिलाएकी हुन् । करातेमा मण्डेकाजी श्रेष्ठ र महिला टिम काताले स्वर्ण जितेका छन् ।
नेपाली महिला टिमका लागि निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण जिताएका हुन् । यस्तै, तेक्वान्दो पुम्सेमा कमलबहादुर श्रेष्ठले स्वर्ण पदक जितेको हुन् ।

त्यस्तै नेपालले आज सागमा दुईवटा रजत पदक जितेको छ । करातेमा चन्चला दनुवारले रजत पदक जितेकी छन् भने तेक्वान्दोको १९ देखि २४ वर्ष उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् ।